मेरो शरीर च्वाँस खाएर थ्वाँस गन्हाएको छ । मेरो शरीरको इच्छा भन्दै बेइमानी स्विकारेको छ विसंगतिलाई उन्नति ठानेको छ । भ्रष्टाचार गर्न पाउँ निवेदनमा रमेको छ अपराधलाई पेशाको रुपमा शिरोधार गरेको छ कहिंकतै होलि भन्दै गोलि पड्काएको छ । मेरो शरीरलाई सत्य नसुहाउने भएको छ मेरो शरीरलाई न्याय नपच्ने भएको छ धर्म र इमान लुट्न तिखार्ने औजार बुझिएको छ शान्तिस्थलमा हतियार कलम हुनुपर्छ सोच त्यस्तै छ घरगृहस्थी आपसी अपमानमा जुटेको छ कमिसनको व्यापारमा मेरो शरीरले जीवन बेचेको छ बेच्ने क्रम यथावत कायमै छ यस्तोमा सृष्टि स्वयमले शरीर धमाउने काम गरेकै छ भिडको लास शरीर बन्दै मुस्कुराएकै छ आजभोलि त्यो मुस्कान, त्यो अपमानबाट मुक्ती खोज्ने प्रयास भएको छ पहिचान र स्वाभिमानको राजा चाहियो भन्न थालेको छ अन्धकार बढ्यो उज्यालो खोज्नु पर्यो भनिएको छ सिद्धान्तले लुटिनु हुन्न अस्मिता भनिएको छ । 📝📝📝प्रशान्त महासागर कीर्तिपुर राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।