Rashtriya Dainik

भारतले श्रीलङ्कालाई दियाे ३ सय ५८ रनकाे लक्ष्य

राष्ट्रिय दैनिक , १६ कार्तिक

भारतले श्रीलङ्कालाई दियाे ३ सय ५८ रनकाे लक्ष्य
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३ सय ५८ रनकाे लक्ष्य दिएकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायाे । भारतका शुभमन गिलले ९२, विराट काेहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए ।

भारत ६ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । श्रीलङ्का उति नै खेलमा ४ अङ्कसहित साताैँ स्थानमा छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित