वीरगंज / पुष २५ गते नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ ख को द्वारा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ बजारमा बिरोधसभा सम्पन्न भएको छ । क्षेत्र नम्बर २( ख )को सभापति शैलेन्द्र उपाध्यायको सभापतित्वमा कार्याक्रम सम्पन्न भएको हो। आयोजित बिरोध सभाका प्रमुख अतिथि नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवुदीले कार्याक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा अोलीले जनताले निर्वाचित गरि बानएको संसद लाई भंग गरेको असिबाधानिक कदमको विरोधमा काग्रेसले कुनै पनि हालातमा संसद पुर्णा सस्थापन गराउने बताउनुभयो कुनै पनि धारा उपधारामा संसद बिघटन गर्ने उल्लेख नभएको बताउँदै संबिधानको धारा नरहेको तर प्रधानमन्त्री केपी ओलीको सरकारले निर्वाचित प्रतिनिधि सभा भंग गरेर लोकतन्त्र विरोधी गतिविधि गरेको आरोप लगाए । जनताले निर्वाचित गरेको सर्वोच्च निकाय प्रतिनिधि सभा भंग गरेर अधिनायकवाद तर्फ सरकार अघि बढिरहेकाले कांग्रेसले रोक्नुपर्ने बताउँदै ओलीलाई पनि तह लगाउनु पर्ने बताए। कांग्रेसलाई लोकतन्त्र ,संविधान र जनताको माया र चिन्ता रहेका कारण सरकारलाई अधिनायकवाद तर्फ अघि बढ्न खोजे प्रतिकार गर्नुपर्ने जिम्मेवारी रहेकाले बिरोधका कार्यक्रम गरेर चुनौती दिनुपर्ने भएकाले आज अलौ बाजारमा बिरोधसभाको कार्यक्रम आयोजना गरिएको उद्घोष गरे। बिरोध सभामा प्रदेश सभा सदस्य अोमप्रकाश शर्मा , महासमिति सदस्य रामरुप कुर्मी , प्रेमचन्द्र दुबे , नेता शयाम पोखरेल , महिला नेत्री रुपा श्रेष्ठ , जिल्ला उपसभापति दिना गुप्ता , सचिव शयाम पटेल , जिल्ला सदस्य महम्मद साबुद्धिन अंसारी , वडा ६ का वडा अध्यक्ष ध्रुब नेपाल , वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह ,प्रेस युनियनका उपाध्यक्ष शेखर छतकुली , वडा नम्बर १७ का अलौका वुथ सभापति शिवम लामिछाने ,उपसभापति गनि अंसारी , संजु छतकुलि, वडा सचिव लालबाबु यादब, बिरेन्द्र यादब लगाएतका नेता कार्याकर्ताहरुको सहभागीता थियो। , वडा नम्बर १७ का पुर्व वडाअध्यक्ष अोम कृष्णा लामिछाने स्वागत मन्तव्य राखेका कार्यक्रमको सहजीकरण हरिनारायण प्रसाद यादवले गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।