काठमाडाैं | ७ कात्तिक मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । नेपाल र यूएईबीचको फाइनल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार विहान ७:१५ बजेबाट शुरू हुनेछ । सेमिफाइनलमा जापानलाई डीएल मेथडअनुसार १४३ रनले पराजित गर्दै नेपालले प्रतियोगिताको फाइनलमा स्थान बनाउनुका साथै एसीसी यू-१९ एसिया कपमा समेत स्थान सुरक्षित गरेको थियो । यूएईले भने सेमिफाइनलमा सिंगापुरलाई डीएल मेथडअनुसार नै १० विकेटले हराएको थियो । उसले पनि एसिया कपमा स्थान सुरक्षित गरिसकेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।