कार्तिक ,१ कात्तिक बुधबार सुरु भएको त्रिदेशीय टी२० आईमा नेपालले यूएईमाथि सहज जित हात पारेको छ । मूलपानी मैदानमा पहिलो टी२० आई हुँदा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १९ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ५१ रन र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । त्यसअघि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएपछि यूएई सस्तैमा रोकिएको थियो । त्रिदेशीय सिरिजमा अर्को टिम हङकङ समावेश छ । नेपालमै हुने टी२० विश्वकप प्रतियोगिताको एसिया छनोटको तयारीका लागि यो त्रिदेशीय सिरिज महत्वपूर्ण मानिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।