उमेश बि.क /नवलपरासी , २४ पुस थारु भाषाकाे गित “ताेहरेमे बसेला मनवा” काे म्युजिक भिडियो सार्वजनिक भएको छ । माघि पर्वलाई लच्क्षित गर्दै लड बुद्ध फिल्म प्राेडक्सनकाे युट्युब च्यानल मार्फत शुक्रबार गित सार्वजनिक गरिएको हो । चार मिनेट चालीस सेकेन्डकाे यस गितमा मनाेज चाैधरी तथा वर्षा श्रेष्ठले स्वर दिएका छन् । गितकाे म्युजिक भिडियोमा मुख्य भूमिकामा गंगेश्वर चौधरी, किरन चौधरीकाे बेजाेड प्रस्तुति रहेकाे छ। लड बुद्ध फिल्म प्राेडक्सन पश्चिम नवलपरासीको बर्दघाटमा रेकर्ड गरिएको उक्त गितको छायांकन नवलपरासीको विभिन्न पर्यटकीय तथा रमणीय स्थानमा गरिएको हाे । गितकाे छायाँकन शुभम निरज थारुले गरेका छन् भने म्युजिक भिडियाेका निर्देशन तथा काेरियाेग्राफी लाेक जि मिजारले गरेका हुन् । माया प्रेम हरेक ब्यक्तिकाे अावश्यकता रहेको हुन्छ, जब कसैलाई कसैशीत माया बस्छ तब उ उसैसित समय विताउन चाहन्छ र उ उसको जिन्दगी बनिसकेको हुन्छ । उ बिन जीवन निरास लाग्न थाल्छ यस्तै प्रसंग जाेडिएर गित तयार पारिएको माेडल तथा लड बुद्ध फिल्म प्राेडक्सनका सन्चालक गंगेश्वर चौधरीले बताउनु भएको छ । नवलपरासी अन्तर्गत रहने थारु समुदायको कला संस्कृति जर्गेना तथा कला क्षेत्रमा नवलपरासीलाई फरक पहिचान दिलाउन याे भिडियो विशेष माध्यम बन्ने चौधरीले बताएका हुन । हेर्नुहाेस् भिडियाे . . . . . राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।