रवि प्रकाश कसौधन / कृष्णनगर, पुस, २४ लुम्बिनी प्रदेशका मुख्यमंत्री माननीय शंकर पोख्रेल हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसारनाका अवलोकन गर्नुभयो । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायत संग भेटघाट तथा छलफल गर्नुभयो । भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकार द्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणा को माग गर्दै माननीय मुख्यमंत्री शंकर पोख्रेल लाई ज्ञापन पत्र बुझाएका छन् । साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेश द्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेश द्वार निर्माण समितिले ध्यानाकर्षण गराएको थियो । अक्त छलफल मा व्यापारी लगायत अन्यले आ – आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गराएको । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।