२४ पुस / इलाम ।
इलाममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माङ्सेबुङ् गाउँपालिका भोटेडाँडामा ट्रक दुर्घटना हुँदा सह–चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो ।
रविबाट दमकका लागि छुटेको ना ३ ख २०३ नम्बरको ट्रकको दुर्घटना भएको हो । बिहिवार साँझ ६ बजेको समयमा ट्रक आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।
उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । उपचारका लागी अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा चालक ताप्लेजुङ डाँडागाउँका २० वर्षीय प्रमोद श्रेष्ठ घाइते भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

