Rashtriya Dainik

दोस्रो सेमिफाइनलमा सेन्ट्रल कलेज बिएफसी चितवन विजयी ,उपाधिको लागि फुलबारी गायज बुटवल सग भिडन्त हुने

तुलसी राम पौडेल /फर्साटिकर ,पौष २३

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष १० गतेदेखि संचालित शुद्दोधन गाउपालिका आठौ फर्साटिकर कप फुटबल प्रतियोगिताको बिहीबार अन्तिम सेमिफाइनल खेल अन्तरगत सेन्ट्रल कलेज बिएफसी चितवन भर्सेस चादनी युवा क्लब दानापुर बिच प्रतियोगिता भएको थियो ।सम्पन्न प्रतिस्पर्धामा सेन्ट्रल कलेज बिएफसी चितवन शुन्यका विरुद्ध दुई गोलको अन्तरले चादनी युवा क्लब दानापुरलाइ पराजित गरि बिजयी भएको हो ।सेन्ट्रल कलेज बिएफसी चितवन शनिबार हुने फाइनल खेलमा फुलबारी गायज बुटवल सग भिडन्त हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो ।
बिहिवारको खेलको म्यान अफ द म्याच घोषित हुनुभएका सेन्ट्रल कलेज बिएफसी चितवनका जर्सी नम्बर १२ का जोन ग्लोरीलाई फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले पुरस्कार प्रदान गर्नु भयो ।

फर्साटिकर युवा क्लबद्वारा संचालित पौष १० गतेदेखि संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता पौष २५ गते शनिबार समापन हुनेछ। प्रतियोगितामा उपाधी जित्नेले प्रथम पुरस्कार दुई लाख रुपैया नगद प्राप्त गर्नेछन् । त्यसै गरि दोस्रो पुरस्कार एक लाख रुपैया , सेमिफाइनल लिस्टलाइ १५/ १५ हजार रुपैया ,सर्वोकृष्ट खेलाडीको लागि १० हजार रुपैया , उदयमान खेलाडिको लागि ५ हजार ,उत्कृष्ट गोलकिपरको लागि ५ हजार ,उत्कृष्ट रक्षकको लागि ५ हजार ,सर्वाधिक गोलकर्ताको लागी ५ हजार रुपैया पुरस्कार व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष मुकेश कुवरले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित