मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुलाई

राष्ट्रिय दैनिक /नवलपरासी , २ असाेज

संविधान दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले कब्जा गरेको छ ।

पश्चिम नवलपरासीको परासीमा संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टिम र राष्ट्रसेवक कर्मचारीहरुको अर्को गरी दुई टिमको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा पत्रकार र जनप्रतिनिधिहरुको टोलीले कर्मचारीहरुको टोलीलाई ४–३ को गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । खेल सुरु भएको केहि मिनेटमै कारागार कार्यालय परासीका कर्मचारी देव थापाले कर्नर बाट प्राप्त बललाई गोलको दिशा देखाउदै कर्मचारीको टिमले अग्रता बनाएको थियो ।

पहिलो हाफमा २/२ गोलको बराबरी खेलका दुवै टिमले दोस्रो हाफमा खलाडी परिर्वतन गर्दे कडा प्रतिस्पर्धा गरेका थिए । दोस्रो हाफमा कर्मचारीको टिमले पुन एक गोल थप गर्दै अग्रता बढाएपनि जनप्रतिनिधि र पत्रकारको संयुक्त टोलीले निरन्तर दुई गोल थपेपछि कर्मचारीको टोली उपविजेतामा सिमित भएको हो । खेलमा दुई गोल गर्ने संञ्चारकर्मि जितेन श्रेष्ठ सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए भने उत्कृष्ट खेलाडीको रुपमा कारागार कार्यालयका देव थापाले ट्रफि हात पारे । मैत्रिपुर्ण फुटवलको विजेता टोलीलाई प्रदेश सभा सदस्य वैजनाथ कलवार र खड्ग बस्नेतले ट्रफि प्रदान गर्नुभयो ।

प्रतियोगितामा जिल्ला समन्वय प्रमुख, पालिका प्रमुख, नगर प्रमुख , गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, चार वटै सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख र पत्रकारहरुले सहभागिता जनाएका थिए । जिल्ला मुल समारोह समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगर उपप्रमुख सम्झना चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगाएतले बोल्नुभएको थियो ।

तीन दिनसम्म मनाइने संविधान दिवसका अवसरमा प्रभातफेरि, दिप प्रज्ज्वलन, सार्वजनिक स्थानको सरसफाइलगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा भोलि (बुधबार) बिहान प्रभातफेरि गरिएकाले सबैलाई उपस्थितीका लागी आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot