काठमाण्डौ – एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल चलिरहेको छ । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । भारतले १९ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९४ रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् । त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । उनले शुभमन गिललाई १० रनमा आउट गरे । प्रमुख खेलाडी आउट भएपछि भारत केही दबाबमा परेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।