Rashtriya Dainik

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं , १६ भदौ

एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुंदैछ । यी दुई टिम चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।
भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डी रंगशालामा शुरु हुनेछ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ। समूह चरणमा पहिलो खेल खेलेपछि उनीहरू सुपर फोर र फाइनलमा भिड्ने सम्भावना छ। यसका लागि समूह चरणमा नेपाल बाहिरिनु पर्दा सुपर फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंकामध्ये दुई टिमलाई पाखा लगाउनु पर्नेछ।

इंग्ल्याल्याण्डमा सन् २०१९ एकदिवसीय विश्वकप खेलेपछि भारत–पाकिस्तान पहिलोपटक एकदिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी–२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेलमा भारतलाई पाँच विकेटले नै हराएको थियो।

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित