–रवि विकल्प १ आमुल परिर्वतनको एक नारा लिई उठ किसान मजदुर सर्वहारा लिई उठ । युवा , बिद्यार्थी नै अग्रगामी जनशक्ति जाति क्षेत्र लिंङ वर्ग सारा लिई उठ । पोखरा, काठमाण्डौ बुटवल शहर किन ? दोरम्बा,तोपगाछी र खारा लिई उठ । फूटाई पार्टी गुटको समन्वय छोडिदेउ हँसिया हथौडा रातोतारा लिई उठ । थर्थर नकमाउ खुट्टा जनमत हुदाँ विकल्प क्रान्तिकारी विचारधारा लिई उठ । – स्थान M २०६० चैत्र २४ बुटवल रुपन्देही २ चिनो फूल बुट्टे चाली याद छ अन्तिम बिदाईको बोली याद छ । रक्तिम युद्ध र बर्गीय माया मोर्चा जादाँ तरेको खोली याद छ । साउने बर्षामा बिजयी हुदाँको फूलमाला, रातो होली याद छ । केही साथी गुम्दा समर जित्दा भञ्ज्याङमा रोएको टोली याद छ । – स्थान M २०६३ पौष ९ तिलकपुर तुलसीनगर नवलपरासी यी दुई गजल रक्तक्रान्ति प्रगतिशिल गजल संग्रहमा प्रकाशित छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।