तुलसी राम पौडेल /बुटवल ,पौष १७ रुपन्देहीको मायादेवी गाउपालिका आयुर्वेद शाखाको आयोजनामा योग तथा स्वस्थ जिवनशैलिको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।कविराज ध्रुव राज भण्डारीले गैरगट्टी माविका कक्षा ९ र १० का विद्यार्थीहरुलाइ आयुर्वेद जिवनशैलिको वारेमा प्रशिक्षण तथा योग सिकाउनु भयो ।दुइ तिहाई मृत्यु नसर्ने विभिन्न रोगको कारणले हुने हुँदा रोगको रोकथाम तथा तनाव व्यवस्थापनमा योगबाट सहयोग पुग्ने बताउनु भयो । साथै उहाले दैनिक १५ मिनेट योगासन र प्राणायम गर्न विद्यार्थीहरुलाइ प्रतिबद्धता समेत गराउनु भयो । विद्यालयका विद्यार्थीहरु एवं शिक्षकहरू समेत सहभागी भएको उक्त कार्यक्रममा वैद्य रिता ज्ञवालीले विभिन्न स्थानीय जडिबुटीहरुको प्रयोगको वारेमा प्रशिक्षण दिदै आयुर्वेद औषधि र यसले कोरोना रोकथाममा प्रयोग गर्ने विधि समेत सिकाउनु भयो। विद्यालयका प्रधानाध्यापक शिव नारायण मालिले योगले स्वास्थ्यमा पार्ने फाइदा बारे बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।