बिगत केही दिन यता जिल्लामा मौलाउदै गरेको तस्करी र बढदो महँगाई नियन्त्रण गर्न बाँके प्रशासन असफल भएको बुझिएको छ । बाँकेमा मौलाएको तस्करी विरुद्ध मिडियाले लगातार प्रशासनलाई प्रेसर र खबरदारी गर्न थाले पछि प्रशासनले जिल्लामा तस्करी नियन्त्रणमा कडाई गर्न भारतबाट जुनसुकै वस्तु भित्रा्उँदा भन्सार तिर्नु पर्ने रणनीति अपनाएको छ । जसका कारण सर्वसाधारण लगायत अति विपन्न गरिबहरु प्रभावित भएका छन । तस्कर र प्रशासन बिच सर्वसाधारण जनता पिसिएका छन । कडाई गर्दा सर्वसाधारण प्रभावित हुने गरेका छन भने कडाई न गर्दा तस्बिरहरुले मौका पाउने गरेका छन । जिल्ला प्रमुख अधिकारी राम बहादुर कुरुम्बाङले सोसल मिडिया फेसफुकमा लेखे,”बाँकेको जमुनाह नाका लगायत सबै नाकाहरुमा थोरै उपभोग्य वस्तुमा समेत भन्सार तिरेर मात्र समान छाडने निर्देशन दिएको छ । छुटाउनलाई फोन नगर्नु होला ।” सोही निर्देशन अन्तर्गत छिमेकी देश भारतबाट नेपाल प्रवेश गर्ने मुल नाका जमुनाह भन्सारमा साना समान ल्यानलाई समेत कडाई गरिएको छ । निर्देशन अनुसार जिल्लाका सबै नाकाहरुमा कडाई गरिएको भए पनि देखावटी रुपमा मुलनाकामा कडाई र त्यस बाहेकका सबै साना चोर बाटोबाट भारी मात्रमा वस्तु आयात अर्थात तस्करी यथावत छ । बाँकेको नरैनापुर, डुडुवा गाउँपालिकाको होलिया, सन्तलिया, पिपरहवा, लगायत नेपालभारत सिमा संग जोडिएका क्षेत्रहरुमा रातीको समयमा पनि तस्करी भई रहेको गोप्य श्रोतले जनाएको हो । यो जतिसुकै सामान ल्याउँदा भन्सार लाग्ने भए पनि प्रहरीले कडाई नगर्दा त्यस्ता सामाग्री लाखौको मूल्यमा आयात भई रहेका प्रशासनको धारणा छ तर के जिल्लामा मौलाउदै गरेको तस्करी नियन्त्रण भएको छ ? मुलनाकामा मात्र कडाइ गर्दैमा तस्करी रोक्न सक्छ ? जिल्ला प्रमुख अधिकारी कुरुम्बाङले आफू चर्चित बन्न मिडियामा राम्रा पक्ष मात्र भाइरल गर्ने गरेको समेत सर्वसाधारणले बताएका छन । मिडिया मार्फत उनले छिमेकी मुलुक भारतको रुपैडिहाको बजार र नेपालगन्जको बजारलाई समेत तुलना गर्दै रुपैडिहाबाट समान ल्याउन भएकै कारण नेपालगन्जको बजार सुक्ने र रुपैडियाको बजार अत्याधिक चल्ने गरेको बताएका छन । तर नेपालगन्जको बजार भन्दा रुपैडिहाको बजारबाट सर्वसाधारणले सामान किन किन्न बढी रुचाउँछन् ? यो बिषयमा गहन अध्यन गर्न जरुरी रहेको छ । प्याज कै उदाहरण लिनु पर्दा लकडाउनको समयमा नेपालगन्ज लगायत नेपाल मै प्याजको मुल्यमा उकालो लागेको र सर्वसाधारणहरु ठगिएका थिए । अन्य जिल्लामा प्याजको मूल्य नियन्त्रण गर्न, मुल्यमा उकालो र वस्तु लुकाउने व्यापारीलाई कार्वाही गर्न अनुगमन समिती समेत तयार गरिएको थियो तर बाँकेमा यस्तो केही देखिएको थिएन ? यस बिषयलाई मिडियाले जति सुकै आवाज उठाए पनि त्यस कठिन समयमा न त जिल्ला अधिकारीको स्टट्स देखियो न त निर्देशन ? मंगलवार सोही पिडामा परेका एक जना वृद्धले भने,”ठुलालाई आहा सानालाई डाहा उखान झै नाकामा ठुलाका मोटरसाइकल सरर तर सर्वसाधारणलाई १ के जि आलु आयात गर्न रोक ? सेटिङमा रहेका प्रहरीले मोटरसाइकल समेत आवत जावतमा रोक लगाउदैन । सवारी, साधन आउने जाने गरेको भिडियो समेत उनले राष्ट्रिय दैनिकलाई उपलब्ध गराएका छन । उनले भने मैले साग सब्जी ल्याउदै थिए । सशस्त्र प्रहरीले २-३ किलो तरकारी समेत खोसेको गुनासो गरेका छन । प्रहरीले हामी सर्वसाधारणलाई हप्काउने, आफ्नो पदको घमण्ड देखाउने जस्ता गतिविधि बारे उनले गुनासो गरे । नेपालमा १०० रुपैयाँमा १ के जि गोभी मिल्छ ।भने रुपैडिहामा १०० रुपैया मै ५ के जि मिल्छ भने हामी नेपालबाट कालोबजारी गरि रहेको तरकारी किन किन्ने? समेत प्रशासन संग प्रश्न गरेका छन । बढदो महँगाई, समानमा भई रहेको कालोबजारी र फित्लो प्रशासन उच्चारण गर्दै सर्वसाधारणले ब्याङगेआत्मक तरिकाले प्रशासनको खिलाप मंग्लवार नाकामा आवाज उठाएका थिए । लकडाउन भन्दा अघि र त्यस पश्चात अहिलेको समयमा नेपालमा महँगाई बढेको अवगत नै छ । महँगाई नियन्त्रण गर्न प्रशासनले कत्तिको पहल र अत्यावश्यक भूमिका निर्वाह गरि रहेको एउटा प्रश्न समेत बनेको छ ! तुलनात्मक रुपमा लकडाउन खुले पछि अहिलेको समयमा हामी कुनै पनि पसलमा एक रुपैयाँको समान खरिद गर्न जान्छाै भने भाटभटेनी, पेट्रोल पम्प, बैंक बाहेक सबै व्यापारीले उपभोक्तालाई धपाउने गरेको समत तथ्य छ । बाँके लगायतका जिल्लाहरुमा नेपाल कै सिक्का चल्न बन्द भएका छन । उपभोक्ताले एक रुपैयाँको समान खरिद गर्न समेत ५ रुपैया दिनु पर्ने बाध्यता छ ? यस बारेमा प्रशासनलाई जानकारी छ ? खुलाआम नागरिक ठगि रह्नु पर्दा प्रशासनको भूमिका के ? यस अघि पनि राष्ट्रिय दैनिकले मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा लोक बहादुर खत्रीले कार्यालय मै खुलेआम घुस खाएको भणडाफोर गरेको थियो । ती कर्मचारीले घुस खाएको भिडियो अनुसन्धानमा समेत पठाइएको थियो तर यस बारेमा प्रशासनले कत्तीको पहल गर्यो भन्ने बिषयमा प्रष्ट पारेको छैन ! समाजिक अभियानता लगायत जिल्लाका नेताहरु यस निर्देश खिलाप आवाज उठाएका छन । सर्वसाधारणलाई यस्ता अनावश्यक गतिविधिहरुबाट दु:ख खेप्नु परेको उनीहरुको भनाई छ । त्यस्तैमा जिल्ला प्रमुख अधिकारी कुरुम्बाङको निर्देशन विरुद्ध सिके राउत नेतृत्व जनमत पार्टीका केन्द्रिय सदस्य इरफान शेषले समाजिक संजालको प्रयोग गरि घोर निन्दा व्यक्त गरेका छन । नेता ईरमानले लेखे, “बाँकेमा प्रशासन र सुरक्षा निकायको ज्यादती जारी रहेको छ म यस किसिमको नागरिक बिरुद्धको निर्णयको घोर निन्दा गर्दछु साथै सीमावर्ती एरियामा बसोबास गर्ने नागरिकको जीवनसंग सम्बन्धित कृयाकलापमा हस्तेक्षेप तत्काल बन्द गर्न बाँकेका सिडियो क्रुम्ङवाङ ज्यूलाई आग्रह गर्दछु होइन भने अहिले कै आवस्थामा अर्को अन्दोलनको सामना गर्न तयार रहन समेत जानकारी गराउदैं सचेेत गर्दछु । केही दिनदेखि बाँकेमा प्रशासन र सुरक्षा निकायका निकम्मा प्रशासनले एक दुई किलो आलू , गोभी, ब्रस मन्जन, प्याज, चिनी, साबुन, सरफ खोस्ने काम गर्दै आम नागरिकलाई दुख दिन शुरु गरेको छ। यस्ता घृणित कार्य बन्द गर्न आग्रह गर्दछु । तिमीहरू कुकर्मको अन्त न भईहालोस त्यो पनि ध्यान दिऊँ किन भने यस्ता दमन अब धेरैदिन टिक्दैन होला सायद आम नागरिकसंग समेत यस्तो प्रकारको क्रियाकलाप गर्ने साशक बिरुद्ध उठन अह्वान गर्दछु । यस्ता क्रियाकलाप बिरुद्ध आवाज उठाइदिन सम्पूर्ण अधिकारकर्मीहरुलाई समेत आग्रह गर्दछु ।” राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।