Rashtriya Dainik

नेकपामा ठुलो भुकम्प ,केन्द्रीय सदस्य कण्डेलले गराए ४५० जनालाई काङ्ग्रेसमा प्रवेश

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ पुस

४५ औ मेलमिलाप दिवस को अवसरमा बिहीबार देशै भर नेपाली काङ्ग्रेसले विभिन्न कार्यक्रम गरि मनाइरहेको छ। सोही अवसरमा नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीले समेत ४५ औ मेलमिलाप दिवस मनाएको छ।

जिल्ला सभापती बिष्णु पौडेलको सभापतित्व तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस केन्द्रिय सदस्य कण्डेलले नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नया पुरानो नभनी भेदभाब नगरिने उनले बताए। नेपाली काङ्ग्रेसमा आबद्ध सबैले आफ्नो समस्यामा र समाजका समस्यामा हातेमालो गरेर अघी बड्न सुझाब दिदै नेपाली काङ्ग्रेस  सबै कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन अाग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रकाे विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै मेलमिलाप दिवसको शुभकामना ब्यक्त गर्नुभएको हाे ।

लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,सरावल गाउपालिका प्रमुख राधेश्याम चाैधरी,महिला संघ सभापती कमला तिवारी पराजुली ,केन्द्रिय शिक्षा बिभाग सदस्य राधेश्याम पाठक,नेता अनिल गौड तथा जिल्ला नेताहरु लगायतले समृद्ध नेपाल निर्माण गर्न नेपाली काङ्ग्रेस बाहेक अर्को विकल्प नभएकोले काङ्ग्रेस प्रति लहर जागेको दाबी गर्दै नवप्रवेसि सदस्यहरुलाई स्वागत गरेका थिए।

साथै सोही कार्यक्रममै सत्तारुढ पार्टी नेकपा परित्याग गरि जिल्ला सदस्य दिपेन्द्र यादवको नेतृत्वमा ४५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।प्रमुख अतिथी केन्द्रिय सदस्य माननीय देवेन्द्रराज कण्डेलले सदस्यता प्रदान गरि उनी सहित सम्पुर्णलाई पार्टी प्रवेश गराएका हुन।

कार्यक्रममा प्रवेश सङ्गै सम्बोधन गर्दै नेता दिपेन्द्र यादवले बर्तमान सरकार तथा नेपाल कम्युनिस्ट पार्टी जनता बिरोधी तथा जनभावना माथि खेलवाडमा तल्लिन रहेको बताए। सत्ता लिप्तता तथा ब्यक्तिगत स्वार्थ बोक्ने कम्युनिस्ट पार्टी जनताको पार्टी कैले बन्न नस्क्ने र अब कम्युनिस्ट पार्टी विश्व बाटै समाप्त हुने अवस्था रहेको भनाई ब्यक्त गर्नु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित