तुलसी राम पौडेल / फर्साटिकर, पौष १५ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिता अन्तरगत बुधबार झरना स्पोर्ट्स कुन्जलापुर भर्सेस थर्ड आइज युवा क्लब ४ नम्बर जितपुर बीच खेल प्रतिस्पर्धा सम्पन्न भयो ।सम्पन्न प्रतिस्पर्धामा पेनाल्टीमा थर्ड आइज युवा क्लब ४ नम्बर जितपुर बिजयी भैइ क्वाटर फाइनलमा प्रवेश गरेको छ।निर्धारित समयमा दुवै पक्षबाट एक एक गोल भएपछि खेल पेनाल्टी गैइ थर्ड आइज युवा क्लब ४ नम्बर जितपुरले ३का विरुद्ध ४ गोलको अन्तरले झरना स्पोर्ट्स कुन्जलापुरलाइ पराजित गरि बिजय भएको हो । बुधबारको खेलको म्यान अफ द म्याच थर्ड आइज युवा क्लब ४ नम्बर जितपुरका जर्सी नम्बर १३ का सुर्य थापा घोषित भए । फर्साटिकर युवा क्लबका संरक्षक चक्रबहादुर कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नु भयो ।बिहिवारको खेल फर्साटिकर एकेडेमी फर्साटिकर भर्सेस बिश्वशान्ती युवा क्लब सालझण्डी बीच हुने खेल सम्योजक टेकु भण्डारीले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।