उमेश बि.क / नवलपरासी ,१५ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ मा लहरे तरकारी खेती सम्बन्धि तालिम समपन्न गरिएको छ । कृषि शाखाको आयोजनामा कृषकलाई तरकारी खेती सम्बन्धी दक्ष बनाई व्यबसायिक कृषक बनाउने उदेश्यले लहरे तरकारी खेती प्रबिधि विषयक दुई दिवसीय तालिम सम्पन्न भएको छ । ३८ जना प्रशिक्षार्थी रहेको तालीममा कुलदीप नारायण मिश्र ,अर्जुन पाैडेल,बसन्त कुमार खवास,राजाराम यादवले प्रशिक्षण दिएका थिए । तरकारीको परिचय तथा लहरे तरकारी खेती प्रविधि, काउली तथा लहरे वाली खेती, तरकारी बालीको रोग तथा किरा , वाली बिमा सम्बन्धि जानकारी, माटो परीक्षणका लागी नमुना संकलन तरिका,कम्पोस्ट मल लगायतको बिषयमा प्रशिक्षण दिइएको कृषि शाखा प्रमुख कुलदीप नारायण मिश्रले जानकारी दिएका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।