नवलपरासी /१४ पुस पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मा अवस्थित जनता मा.वि.मनरीमा स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ लाई मध्यनजर गर्दै परापुर्वकालदेखि चलिआएको स्वागत कार्यक्रम यस विकटसमयमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर कक्षा १२ का विद्यार्थी अवदेश कुर्मीको सभापतित्व तथा जनता मा.वि. मनरीका व्यवस्थापन समितिका सदस्य तुलसीराम ठाकुरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अथिती ठाकुरले बोल्दै नवअागन्तुक विद्यार्थीलाई विद्यालयमा स्वागत गर्नुभएको थियो । त्यस्तै विद्यालयका प्र.अ. प्रदिप चौधरी,स.प्र.अ नन्दिनी ढकाल,कक्षा ११ काे नवआगन्तु विद्यार्थी दुर्गा चौधरी, शिक्षक टंक शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कक्षा १२ का विद्यार्थी पुनम ठाकुरले नवआगन्तु विद्यार्थीहरुलाई स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अनुज चौधरी गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।