तुलसी राम पौडेल /बुटवल , पौष १३ रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित शुद्दोधन गाउपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगितामा सोमबार पाल्पा -११ पाल्पा भर्सेस नव युवा खेलकुद तथा सास्कृतिक परिवार ढुटिपिपल बिच प्रतिस्पर्धा भएको थियोे ।सम्पन्न प्रतियोगितामा पाल्पा -११ पाल्पाले ६-० गोलको अन्तरले नव युवा खेलकुद तथा सास्कृतिक परिवार ढुटिपिपललाइ पराजित गरि जित हासिल गरेको थियोे ।म्यान अफ द म्याच घोषित पाल्पा -११ पाल्पाका जर्सी नम्बर २५ का सुस्मित केसिलाइ फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो । मंगलवारको खेल सम्पूर्ण युवा क्लब सुपौली भर्सेस फुलबारी गायज बुटवल बिच हुने खेल संयोजक टेकु भण्डारीले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।