१३ पुस, कैलाली । प्रहरीको हत्यामा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । गत कार्तिक १ गते राती करिब १०:३० बजेको समयमा अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक गोबिन्द बि.क. र प्रहरी जवान राम बहादुर साँउद सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण प्रयोजनार्थ जुगेडाको दक्षिणी भागमा नियमित गस्ती गर्ने क्रममा उनीहरुको हत्या गरिएको थियो । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. १० स्थित जुगेडा कटान एरियामा भारत तर्फ गोरु गाडामा (डल्लव) मा मटर तस्करी गरि रहेको अवस्थामा गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समुहले दुबै जना माथी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । प्रहरी सहायक निरिक्षक गोबिन्द बि.क.को हत्या गरि शव मोहना नदीमा कार्तिक २ गते बिहान ०९:०७ को समयमा फालेको अवस्थामा फेला परेको थियो । त्यस्तै प्रहरी जवान राम बहादुर साउँदको शव कार्तिक ४ गते बिहान करिब १०:२५ बजेको समयमा सोही मोहना नदीमा फेला परेको थियो । प्रहरी अनुसार अनुसन्धानको क्रममा विभिन्न मितिमा घटनामा संलग्न ९ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्ता लाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य पुरा गरी सम्मानित कैलाली जिल्ला अदालतमा मुद्दा पेश गरि सकेको हो । सम्मानित अदालतको मङ्सिर१६ गतेको आदेशले ८ जना पुर्पक्षका लागी कारागार चलान र राजिव गुप्ता रु. १ लाख ५० हजार धरौटी तिरी तारेख छुटेको प्रहरीले जनाएको हो । घटनाका मुख्य योजनाकार जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. १० जुगेडाका ३४ बर्षिय सुक बहादुर भन्ने अमर राना रहेका छन । घटना पश्चात भागी भारत तर्फ फरार रहेका थिए । प्रहरीको निरन्तर खोज तलास जारी रहेको अवस्थामा उनी नेपाल तर्फ आई रहेको भन्ने बिशेष सुचनाको आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको बिशेष टोलीले उनलाई जिल्ला धनगढी उप महानगरपालीका १९ फुलबारी एरियाको नेपाल भारत सिमा नजिकबाट पक्राउ गरिएको हो । प्रहरीले आइतबार राती १९:३५ बजेको समयमा पक्राउ गर्न सफल भएको र उनलाई आजै सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको थियो । कर्तव्यपानलको शिलशिलामा बिरगती प्राप्त गरेका अमर प्रहरीद्धयको, एक तह पदोन्नती गरिएको र स्वर्गिय अमर प्रहरी प्र.ना.नि. गोबिन्द बि.क.र प्र.ह. राम बहादुर साँउदको परिवारजन र प्रहरी संगठनलाई पर्न गएको अकल्पनिय र अपुर्णीय क्षतीले मर्माहित तुल्याएको र अमर प्रहरी प्रति सिंगोसंगठननै उच्च सम्मान प्रकट गरेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।