उमेश बि.क / नवलपरासी ,१२ पुस पश्चिमी नवलपरासीको विभिन्न सामुदायिक बिद्यालयमा प्रतिनिधि सभा सदस्य तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग बितरण गरिएको छ। प्रतिनिधि सभा सदस्य तथा पुर्व गृह राज्य मन्त्रि देवेन्द्रराज कण्डेलको विशेष पहलमा तथा चाइना फाउन्डेसनको सहयोग,रास्ट्रीय अपाङ्ग पुनर्स्थापन समाज काठमाडौको ब्यवस्थापनमा नवलपरासी जिल्लाका १४ सामुदायिक विधालयमा अध्ययन गर्ने करिब २७६८ जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरिएको हो । जस अन्तर्गत सोमबार सरावल ३ महेन्द्र मा.बि सरावलमा १४० जना अति विपन्न विद्यार्थीलाई बितरण गरिएको प्रतिनिधि सभा सदस्य कण्डेलका स्वकीय सचीव कमल किशोर रायमाझीले बताए । विद्यालय व्यवस्था समितिका अध्यक्ष राधाकृष्ण चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले माननीय देबेन्द्रराज कण्डेल विकासप्रेमी नेता रहेकाे बताउदै वहाँले यस्ता उदाहरणीय अभियान ल्याएकाेमा धन्यवाद दिनुभएको हाे । जेहेन्दार छात्र छात्रालाई स्कुल जान उत्साहित गर्न र शैक्षिक सामाग्री सहज रुपमा स्कुलमा लिन तथा विद्यार्थीहरुलाई पढाइप्रती रुचि जगाउने उद्देश्यले ब्याग सहयोग गरिएकोले विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गर्नुभएको हाे। सामुदायिक विद्यालयमा पढाइको गुणस्तरीयता बढिरहेको हुनाले अभिभावकले पनि अाफ्ना बालबालिकालाई राम्रोसँग विद्यालय पठाइदिने गर्नुपर्छ ।गाउँपालिकाबाट सामुदायिक विद्यालयमा ठुलाे लगानी भइरहेको छ । छात्रवृत्ति देखि लिइएर खाजासम्म सामुदायिक विद्यालयमा भएको हुनाले विद्यार्थीमा थप हाैसला प्रदान भएको बताउदै अाफु बिगतका दिनदेखि नै समाजिक काम गर्दै आएको र निरन्तर रुपमा सामाजिक काममा अग्रसर हुने जानकारी दिनु भयो। कार्यक्रममा सरावल गाउँपालपका उपाध्यक्ष उत्तमा राय, महेन्द्र मा.बि प्र.अ. धनिराम बि.क,नेपाली काङ्ग्रेस सरावल सभापति बिनाेद कुमार पाण्डेय लगाएतले उक्त सहयोगले बालबालिकाको विद्यालयसम्मको पहुँच विस्तार गर्दै पढाइलाई निरन्तरता दिन सहयोग पुर्याउने भन्ने कुरामा जाेड दिइएका थिए । बालबालिकालाई शैक्षिक सामग्री तथा स्कुल ब्याग सहयोग मिलेको भन्दै आफू खुसी भएको बिद्यार्थी र अभिभावकहरुकाे भनाइ छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।