नवलपरासी , ३ फाल्गुन नेपाली भाषाको “संगै जिउने ” गितकाे म्युजिक भिडियो सार्वजनिक भएको छ। सुरज कुमारद्धारा निर्देशित उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हाे । स्वरुपराज आचार्यको स्वर रहेको गितको म्युजिक भिडियो प्रणय दिवसको अवसर पारेर ‘रिदम इन्टरटेनमेन्ट नेपाल’ युटुब च्यानलबाट सार्वजनिक भएको हो । म्युजिक भिडियोको निर्देशन करण सुनारले गर्नु भएको छ भने सुरज कुमार, सम्झना सुवेदी, करण सुनार, मुक्ति तिवारी लगायत कलाकारहरुको अभिनय रहेको छ । भिडीयोको सम्पादन तथा निमार्ण सुरज कुमारले गर्नुभएको हो । गितको सब्द रचना यदिन गजमेरले गर्नुभएको हो भने सुरेस अधिकारीले संगित दिनुभएको हो । म्युजिक भिडियोको छायांकन संजिव रेग्मीले गर्नु भएको थियो भने म्युजिक भिडियोको छायांकन नवलपरासीको बर्दघाट आसपास गरिएको थियो । म्युजिक भिडियोमा युवतिले प्रेममा धोका दिएको र हत्या गरेको र पछि पछुताएको दृश्य देखाइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।