काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-१ ले पराजित भएको छ । बङ्गलादेशको सिपाही मुस्तफा कमल रङ्गशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन अक्लिमा खातुन, कप्तान सामसुनहर, सहिदा अख्तर रिपाले गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काएकी थिइन् । खेलको दोस्रो मिनेटमा नै खातुनको गोलबाट बङ्गलादेशले अग्रता बनाएको थियो । १३ औँ मिनेटमा सामसुनहरले गोल गर्दै बङ्गलादेशको अग्रता दोब्बर पारिन् । २४ औँ मिनेटमा मनमायाले गोल गर्दै अग्रतालाई २-१ मा झारेकी थिइन् । तर इन्जुरी समयमा रिपाले गोल गरेपछि बङ्गलादेशले ३-१ को जित पक्का गर्यो । आजै भएको पहिलो खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो जित निकालेको थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी चार टिमको सहभागिता छ । राउन्ड रोबिन पद्धतिमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।