अारपि उपाध्याय / नवलपरासी , ३ माघ विनयी त्रिवेणी गाउँपालिका वडा न.७ को आयोजनामा सन्चालन भएको वडा स्तरीय टि/टेन क्रीकेट प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल नारायणी गण्डकी मा.वि. त्रिवेणीको खेल मैदानमा सोमबार सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना भएको सेमी फाइनल खेल प्रसैया युवा क्लब र त्रिवेणी स्टार युवा क्लब भानुनगर ठट्टीयाखोलाबिच सम्पन्न भएको थियो। सो खेलमा त्रिवेणी स्टार क्लबले पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ९२ रन बनाएको थियो। दोस्रो इनिङमा जवाबी ब्याटिङ गर्दै प्रसैया युवा क्लबले ९ ओभर ३ बल खेल्दै ३ विकेट को क्षतिमा निर्धारित लक्ष्य पूरा गर्दै म्याच ७ विकेटले जित हात पारेको आयोजक समितिका सदस्य समेत रहनुभएका स्कोरल शेखर खत्रीले जानकारी दिनुभएको छ। खेलमा उत्कृष्ट ब्याटिङ गरेका प्रसैया टिमका ब्याट्सम्यान सरोज थापाले ५० रनको महत्वपूर्ण योगदान पुर्याउनु भएकोमा म्यान अफ द म्याच घोषित हुनुभएको आयोजकले बताएको छ। वडा स्तरीय टि/टेन क्रीकेट प्रतियोगिता आउदो माघ ५ गते बुधबारका दिन फाइनल खेल हुने जानकारी आयोजकले गराएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।