अारपि उपाध्याय / नवलपरासी , २ माघ पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँ पालिका ७ को आयोजनामा संचालन भएको वडा स्तरीय टी/टेन क्रीकेट प्रतियोगिताको तीन खेल सोमबार सम्पन्न भएको छ। नारायणी गण्डकी मा.वि. त्रिवेणीको खेल मैदानमा सम्पन्न क्रीकेट खेल प्रतियोगिता प्रसैया युवा क्लब र उज्ज्वल शिशु इङलिस बोर्डिङ स्कुलबिच खेलिएको थियो। टस जिटेर पहिलो फिल्डिङ गरेको उज्ज्वल बोर्डिङ स्कुलले प्रसैया क्लबलाई १० ओभर मा ७ विकेटको क्षतिमा ११७ रनमा रोकेको थियो। जवाबी ब्याटिङ गरेको उज्ज्वल बोर्डिङले १० ओभर खेल्दै अल आउट हुँदा मात्र ८४ रन बनाउदा प्रसैया क्लब ३४ रनले विजयी भएको स्कोरल शेखर खत्रीले जानकारी दिनुभयो। म्याचमा उत्कृष्ट प्रदर्शन गरेका विजयी क्लबका खेलाडी रोल बहादुर सोमै म्यान अफ द म्याच घोषित भएका थिए। त्यसैगरी एक अर्को म्याचमा कालिका युवा क्लब विष्णुनगर र नारायणी गण्डकी मा.वि. त्रिवेणी बिच भएको प्रतिस्पर्धामा कालिका युवा क्लब ६२ रनले विजयी भएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको कालिका युवा क्लब १० ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको थियो। जवाबी ब्याटिङ गरेको नारायणी गण्डकी मा.वि. त्रिवेणीले १० ओभर खेल्दै ६ विकेटको क्षतिमा ६३ रन बनाउदा कालिका युवा क्लब ५१ रनले विजयी भएको आयोजकले जानकारी दिएको छ। उक्त खेलमा कालिका क्लबका महेश क्षेत्री म्यान अफ द म्याच घोषित भएका थिए। त्यसैगरी आजै सम्पन्न तेस्रो खेलमा एम्बिसन युवा क्लब रानीनगर र प्रसैया बि टिमबिच भएको प्रतिस्पर्धामा एम्बिसन युवा क्लब विजयी भएको छ। एम्बिसन युवा क्लबका अल राउण्डर खेलाडी कृष्ण थापा क्षेत्री म्यान अफ द म्याच घोषित भएको स्कोरल शेखर खत्रीले जानकारी दिनुभएको छ। खेलमा मनोज शाही र विनय थापाले एम्पाएरको भुमिका निर्वाह गर्नुभएको आयोजकले बताएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।