नवलपरासी , १६ पुस पश्चिम नवलपरासी जिल्लाको थारु भाषामा गाइएको माघि गित ‘अाइल माघि ” भन्ने गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । माघि पर्वलाई लच्क्षित गर्दै थारु डे युट्युब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो । चार मिनेट दश सेकेन्डकाे यस गितमा राज थारु र उमा चौधरीकाे स्वर रहेको छ भने एरेन्ज केशवराज थारु र केदार पान्डेको रहेको छ । यस गितमा चर्चित कलाकार तथा मोडल राज थारु र अस्मिता गुराैँकाे अभिनय देख्न सकिन्छ । यसअघि राज थारु थुप्रै गितमा समेत अभिनय गरिसकेका छन । केशव राज थारुले छायांकन गरेको भिडियो कृतिका फाेटाे स्टुडियो एण्ड भिडियो मिक्सिङका सन्चालक केशव राज थारुले मिक्सिङ गरेका हुन । नवलपरासीको मनाेरम र सौन्दर्य दृश्यमा गितको भिडियो छायाङ्कन गरएिको हो । उक्त म्युजिक भिडियोमा थारु संस्कृति भेषभुषा संगै प्राकृति सम्पदाको पनि प्रस्तुत गरिएको छ। गितमा दर्शकले खोजेको जस्तो रहेको युनिटले जनाएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।