उत्तमकुमार थापा / मष्टा गाउँपालीका , १४ पुस
मष्टा गाउँपालीकाका विद्यालयमा ई हाजिरी गर्नु पर्ने भन्दै गाउँपालीकाले ई हाजिर वितरण गरेकाे छ ।
आज मष्टा गाउँपालीका वडा नम्बर १ का विद्यालय व्यावस्थापन समिति अध्यक्ष प्रधानाध्यापकहरु सँगकाे बैठक बसि गुणस्तरीय शिक्षा प्रदान गर्न ई हाजिर प्रणाली सुरु गरेकाे मष्टा वडा नम्बर १ का अध्यक्ष रामचन्द्र राेकायाले बताए ।
बैठक बाट गुणस्तरीय शिक्षालाई अगाडि बढाउन छलफल चलाए सँग गाउँपालीका अध्यक्ष ज्ञान बहादुर बाेहराकाे सहभागीतामा ईलाेक्टाेनिक हाजिर वितरण गरेकाे उहाँको भनाइ छ । ईलाेक्टनिक हाजिरी कक्षा ८ सम्म र कक्षा १० सम्म सञ्चालन भएका विद्यालयहरुमा वितरण गरिएको अध्यक्ष राेकायाले बताए ।
वडा कार्यालयकाे आर्थिक सहयाेगमा आज घचाया माध्यमिक बिद्यालय काेटदेवल,सरस्वती माध्यामिक बिद्यालय रनाडा सुर्मा देवि आधारभुत विद्यालय लेकी माईतिवन आधारभूत विद्यालय रनाडामा पहिलाे चरण ईहाजिर वितरण गरेकाे गाउँपालीका अध्यक्ष ज्ञान बहादुर बाेहराले बताउनु भयाे । उहाँले भन्नुभयाे यसले शिक्षामा परिवर्तन गर्न सक्ने र आगामी दिनमा प्रविधिको प्रयाेग गर्दै मष्टालाई गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने नारालाई पहिलो प्रथामिक्ता दिएको गाउँपालीका अध्यक्ष बाेहराकाे भनाइ रहेकाे छ । गाउँपालीका अध्यक्ष भएको कारण जनताको सेवा र स्थानीय सरकारकाे चुस्त दुरुस्त सेवा दिदै अगाडि बढ्ने अध्यक्ष बाेहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

