रुपन्देही , १४ पुस । भैरहवा भन्सार कार्यालयको राजश्व लक्ष्य भन्दा कमी संकलन भएको छ । सरकारले विदेशबाट आउने केहि सामानहरुको आयातमा कडाई गरेपछि राजश्व संकलनमा असर परेको हो ।
गत साउनदेखि कात्तिक महिनासम्म भन्सार कार्यालयको ४७ अर्व ७७ करोड रुपैया राजश्व संकलन गर्ने लक्ष्य थियो । तर, २५ अर्व १३ करोड रुपैयाँ मात्रै संकलन भएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले जानकारी दिनुभयो ।
अर्थमन्त्रालयले २०७८ बैशाख १३ देखि विदेशी मुद्रा संचिचिमा कमी आएको बताउदै १५० सिसि भन्दा माथीका मोटरसाईकल, जीप कार भ्यान, ३ सय डलर मूल्य माथिको मोवाइल, ५० इन्च माथिको टिभी र तयारी मदिरा लगायतका सामानहरुको आयातमा रोक लगाए पनि भन्सार राजस्व संकलनमा कमि आएको प्रमुख पौडेलले बताउनुभयो ।
नेपाल सरकारले बस्तुको आयातमा अनिबार्य एलसी खोल्नु पर्ने नियम लगाई आयातमा कडाइ गरेको पछि बिदेशी बस्तुको आयातमा समस्या श्रृजना भएको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।
राजस्व संकलनमा कमि आएपछि सरकारले २०७९ मंसिर २० पछि महंगा गाडी, मोबाईल, मदिरा, मोटर साईकल लगायत १० वटा वस्तुमा लगाएको आयातमा प्रतिवन्धमा फुकुवा गरेपनि राजस्व संकलनमा सुधार नभएको भन्सार कार्यालयको तथ्याङ्कले देखाउछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

