Rashtriya Dainik

ज्योती गुम्बा बौद्ध बिहार विनयी त्रिवेणी ७ द्वारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

अारपि उपाध्याय / नवलपरासी ,१४ पुस
ज्याेति गुम्बा बौद्ध बिहार विनयी त्रिवेणी ७ को आयोजनामा श्रद्धाञ्जली कार्यक्रम रानिनगरमा सम्पन्न भएको छ । ज्योती गुम्बा बौद्ध बिहार सञ्चालक समितिका कोषाध्यक्ष हिरालाल भट्टराईको ७७ बर्षको उमेरमा निधन भएकोमा गुम्बा समितिले श्रद्धाञ्जली कार्यक्रम मार्फत भावपुर्ण श्रद्धासुमन अर्पण गरेको हो । बिहार समितिका अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष थापाले स्वर्गीय भटट्ेराई एक निष्ठावान पुर्वक बौद्ध शिक्षामा लाग्नु भएको ब्यक्ति भएकोले उहाको योग्दानको उच्च सम्मान गर्दै उहाले देखाउनु भएको बाटोमा हिड्न सकिए भटट्राई प्रती सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । सो अवसरमा बिहार समितिका उपाध्यक्ष रुपा थापा , सल्लाहकार आरपी उपाध्याय , चित्रबहादुर थापा लगायतले शोक मनतब्य राख्नुभएको गुम्बा समितिका सदस्य केश बहादुर थापाले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित