Rashtriya Dainik

सरावल १ बाट १३७.५१ क्यूफिट अवैध काठ सहित पिकअप गाडी नियन्त्रणमा

उमेश बि.क/ नवलपरासी , १४ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बाट १३७.५१ क्यूफिट अवैध काठ सहित पिकअप गाडी प्रहरीले नियन्त्रण लिइएको छ।

प्रहरी चौकी बासाले बिहीबार बिहान ४ बजेतिर सरावल गाँउपालिका ०१ स्थित हरियाली सामुदायिक वनबाट १९ वटा १३७.५१ क्यूफिट अवैध सिसौकाे काठ सहित लु १ च ७५८२ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।

हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य सहित प्रहरी चौकी बासाबाट प्र.ना.नि. यादव न्यौपानेको खटिएको संयुक्त टोलीले गस्ति गर्दै जाने क्रममा उक्त वनको मध्य भागमा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा सुनवल नगरपालिका वडा नं. ११ बस्ने शेषकान्त ढकाललाई नियन्त्रणमा लिएकाे हाे ।

बरामद गरिएको काठ, गाडी र मान्छेलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि आजै सव डिभिजन वन कार्यालय बर्दघाटमा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीकाे सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित