अारपि उपाध्याय / नवलपरासी , १३ पुस पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँ पालिका वाड न. ६ स्थित प्रसैया युवा क्लबको आयोजनामा सन्चालन भएको वडा स्तरीय २०/२० क्रीकेट प्रतियोगिता बुधबार त्रिवेणीमा सम्पन्न भएको छ। खेलकुद समिति प्रसैयाका संयोजक सुवर्ण थापाको अध्यक्षतामा सम्पन्न क्रीकेट प्रतियोगिता समापन समारोहमा प्रमुख समिती समेत रहनु भएका वडा न. ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले ग्रामीण भेगमा खेलाइने प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने धारणा राख्नुभएको थियो। वडा स्तरीय क्रीकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा टस हारेर पहिलो ब्याटिङ गरेको कालिका युवा क्लब विष्णुनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६७ रन बनाउन सकेको थियो। जवाबी ब्याटिङ्ग गर्दै नारायणी गण्डकी मा.वि. त्रिवेणीले १५ ओभर २ बलमा अल आउट हुँदै ८३ रन बनाउदा कालिका युवा क्लब विष्णुनगर ८४ रनले विजयी भएको हो। विजयी विष्णुनगर टिमले ३०,०००/- नगदसहित शिल, म्याडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता नारायणी गण्डकी मा.वि. त्रिवेणीले २०,०००/- नगदसहित कप, प्रमाणपत्र र म्याडल पाएको थियो। वडा स्तरीय क्रीकेट प्रतियोगितामा बेस्ट बलरको रुपमा अबदुल्ला अन्सारी घोषित भएका थिए भने बेस्ट फिल्डरमा त्रिवेणी क्लबका अनुराग सिंह सम्मानित भएका हुन। ट्रुनामेन्टमा म्यान अफ सिरीजको रुपमा कालिका टिमका प्रकाश अर्याल घोषित भएका कार्यक्रम संचालक सरोज आलेले जानकारी दिएका छन। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो भने खेल १० दिनसम्म संचालन भएको आयोजक प्रसैया क्लबका अध्यक्ष जितेन्द्र थापाले बताउनु भएको हाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।