काठमाडौं , १२ पौष १३
गोल्डेन हेन्डसेक लिन छुटेका अस्थायी शिक्षकहरूका लागि शिक्षा मन्त्रालयले एक महिनाको समय दिएको छ । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई छुट भएका शिक्षकलाई सुविधा दिन परिपत्र गरेको हो ।
१५ असार ०७३ सम्म अस्थायी शिक्षकको रूपमा निरन्तर कार्यरत शिक्षकलाई सरकारले गोल्डेन हेन्डसेक दिने व्यवस्था गरेको थियो । सुविधा लिन केही छुटेको गुनासा आएपछि सुविधाका लागि एकाइलाई शिक्षकका आवश्यक कागजात संकलन गरी सिफारिस गर्न परिपत्र गरेको हो ।
केन्द्रले सुविधा प्राप्त गर्न आधार पूरा भएका अस्थायी शिक्षकहरूमध्ये यसअघिको सूचनाअनुसार जानकारी नपाएका र सम्पर्कमा नआएका कारण निवेदन दिन छुट भएका शिक्षकको आवश्यक कागजातसहितको फाइल ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक)मा पठाउन परिपत्र गरेको हो ।
सुविधा लिन छुटेका शिक्षकहरूलाई मौका दिन शिक्षक संगठन तथा शिक्षकहरूले शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रमा माग गर्दै आएका थिए । शिक्षा मन्त्रालयले यसअघि ०७५ को अन्तिमतिर सूचना जारी गरी सुविधाका लागि आह्वान गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

