Rashtriya Dainik

नवलपरासीका उद्योगी व्यवसायीले बुझाए प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापन

नवलपरासी, १३ पुुस ।

उद्योग बाणिज्य संघ नवलपरासीले उद्योगी ब्यवसायीहरुको समस्याबारे प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष केशव भण्डारी सहित संघका पुर्व अध्यक्ष, पुर्वकेन्द्रीय सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सो ज्ञापनपत्र बुझाएको हो ।

विभिन्न ६ बँुदे माग सहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष भण्डारीले बताए । बैंक तथा वित्तिय संघसंस्थाका कारण उद्योग ब्यवसाय धारासायी बन्दै गरेको कुरा सहित उद्योग ब्यवसायीको समस्या तत्काल सम्बोधन गर्नका लागि संघले ज्ञापनपत्र मार्फत सरकारलाई जानकारी गराएको थियो ।

सरकारले ल्याएको चालु पुँजीगत सम्बन्धी कर्जाको ब्यवस्थाले अर्थतन्त्रको समग्र उद्योग तथा ब्यवसाय क्षेत्र, बैंकिङ क्षेत्र, आयात निर्यात सबै ब्यापारिक कारोबारमा संकुचन आएको जनाउँदै उक्त ब्यवस्थालाई तत्काल सच्याई वर्तमान अवस्थाको समस्या समाधान गर्न माग गरेको छ ।

कर्जा नीति २०७९ अनुसार सम्पूर्ण करोबारको ब्यवसायतर्फ २० प्रतिशत र उद्योग तर्फ २५ प्रतिशत ब्यवस्था खारेजको माग गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति २०७९ अनुसार ऋण लगानी वर्षको एक पटक ७ दिनको निम्ती चुक्ता गर्नु पर्ने ब्यवस्था खारेज हुनुपर्ने, बैंकले सुरुमा लगानी गरेको ऋण ब्याजदर कम्तीमा एक वर्षसम्मको ऋणिको समझदारीबिना घटबढ गर्न नपाईने बैंकले गर्नु पर्ने र नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको उद्योगीका निम्ती बेसरेट बढीमा २ प्रतिशत थप गरी कर्जा दर निर्धारण गर्नु पर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित