रंजित चौरसिया,वीरगंज १२ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्साले पिडित अवधेश प्रसाद गुप्तालाई थप पिडा दिएको रहस्य सार्वजनिक भएको छ । छिपहरमाई गाउंपालिका वडा नं. ३ झलमहिया टोल बस्ने वर्ष ३५ को अवधेश प्रसाद गुप्ता मोटरसाईकल दुर्घटनामा परी घाईते भएकोमा उनी मिति २०७९ असोज २३ गते विपक्षीलाई पक्राउ गरी आवश्यक कारवाही गरी पाउ“ भनि निवेदन दिएपनि हालसम्म विपक्षीलाई नझिकाई म पिडितलाई थप पिडा दिने कार्य भएको गुप्ताले यस अनलाइन संग दुःखेसो पोखेका छन् । पिडित गुप्ता मिति २०७९ असोज १९ गते करिब ३ः३० बजेको समयमा ना ३६ प ५५५२ नम्बरको मोटरसाईकल चढी हाकी चलाई काम विशेषले आफ्नो घरबाट वीरगंज तर्फ जादै गरेको अवस्थामा छिपहरमाई गाउंपालिका वडा नं. ३ स्थित ओरिया खोलाको पुलमा विपरित दिशा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको विपक्षीले हाकी चलाई नम्बर यकिन नभएको भारतीय नम्बरको मोटरसाईकल अनियन्त्रित पारी ठक्कर दिई दुर्घटना गरी दायां खुटा पैतालामा गम्भिर घाउ चोट लगाई सडक पेटीमा लडाई टाउको, घांटी, पिठ लगायत शरिरको अन्य भागमा चोटपटक लगाई घाईते बनाई भागेको गुप्ताले बताए । पिडित गुप्तालाई यात्रु बटुवाले उद्धार गरी औषधि उपचारको लागि छिपहरमाई गाउंपालिका वडा नं. ५ भिस्वा बजारमा छिपहरमाई पोली क्लिनिकमा प्राथमिक उपचार गराई थप उपचार नारायणी अस्पताल वीरगंजमा गराएका थिए र हाल सम्म विपक्षीले कुनै प्रकारको सहयोग नदिई उल्टै विभिन्न थरीका कुरा गरी विभिन्न प्रकारको धाक कम्की दिएको हुंदा पिडित गुप्ताले न्यायको लागि भौतारिरहेको भए पनि उजुरी शाखाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंह र प्रहरी चौकी बुडगाईका प्रहरी सहायक निरीक्षक हरिन्द्र साहले आन्तरिक रुपमा जोगाउदै पिडितलाई न्याय दिलाउनबाट बञ्चित राखेको स्रोतले जनाएको छ । पिडक छिपहरमाई गाउंपालिका वडा नं. ३ टोल जयमंगलापुर बस्ने फुलेना राउत कुर्मीको छोरा वर्ष २० को तपेश राउत कुर्मी उपर निवेदन दिएको करिब अढाई महिना बित्तिसक्दा पनि उजुरी शाखाका प्रहरी नायब निरीक्षक सिंहले पिडितलाई फलानो दिन आउंछ, चिलानो दिन आउंछ भन्दै फर्काउदै गरेका गुप्ताको गुनासो रहेको छ । प्रहरी चौकी बुडगाईमा प्रहरी सहायक निरीक्षक हरिन्द्र साह जानु भन्दा अगाडि श्रीप्रसाद यादव प्रहरी सहायक निरीक्षकले प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहकै मिलेमतोमा उपस्थित गराएका थिएनन् । हाल सिंहकै मिलेमतोमा असई साहले नगराएको स्रोतको भनाई रहेको छ । पूर्व प्रहरी प्रमुख एसपी रमेश बस्नेतको कार्यकालमा जिल्ला प्रहरी कार्यालयका फांटवालाहरुले पिडितलाई तर्साउने, पिडकबाट दुनो सोझ्याई जोगाउदै आएको र तस्करी धन्दा बाहेक आम जनताको हकमा खासै कार्य गर्र्न नसकेको सर्वविदितै नै छ । पिडित गुप्ता एउटा उदाहरण मात्र हुन् । पिडित गुप्ता सामान्य घरपरिवारको दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन । एउटा मजदुरले करिब डेढ महिना घरमा बसी आफ्नै खर्चमा औषधि उपचार गराउदै दुर्घटनाको कारण कहीं कतै मजदुरी गर्न नपाएकोमा उनको दैनिकी जिवन कसरी यापन भईरहेको होला यस तर्फ पर्सा प्रहरीले ध्यान दिएको छ ? नयां प्रहरी प्रमुख आउनु भएका कोमल शाहले जिल्ला प्रहरी कार्यालयकै उजुरी शाखा, मुद्दा शाखाका फाईल हेर्नु हुन्छ भने पिडितहरुको विवरण तत्कालै पाउन सकिन्छ । उजुरी शाखामा त कैयौं पिडितहरु निवेदन दिएर पनि हतास खाएर आउनै छाडदिएको स्रोतको कथन रहेको छ । उजुरी शाखाको काम सर्वप्रथम मोबाईलको रिचार्ज लिने र काम हेरी पिडकबाट दुनो सोझ्याउने बाहेक खासै उपलब्धि नरहेको स्रोतको भनाई रहेको छ । होईन भने, हालसम्म पिडित अवधेश प्रसाद गुप्ताले किन न्याय पाएनन ? नयां एसपी शाह आए देखि पर्साको तस्करी कार्यहरु प्रायः बन्द भए पनि प्रहरी चौकी बुडगाईको नाकाबाट रातीको समयमा अझ पनि तस्करी नरुकेको स्रोतको भनाई रहेको छ । नेपालबाट स्याउ, ड्राम, सुपारी, पाम आयल लगायतका सामानहरु भारततर्फ निकासी भईरहेको छ भने भारतबाट कोईला, छड, सिमेन्ट, कपडा, धान, चामल लगायतका सामानहरु अबैध रुपमा नेपाल भित्रिरहेको स्रोतको भनाई रहेको छ । सत्य सेवा सुरक्षणम्का नारा बोकेका नेपाल प्रहरीका पर्सा प्रमुख कोमल शाहले पिडित गुप्ता जस्तै कैयौं पिडितहरु भौतारिरहदां न्याय दिने हुन कि ? पिडितहरु प्रतिक्षामा रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

