Rashtriya Dainik

कोमल हरियाली बनको नयाँ समिति गठन अध्यक्षमा अवस्थी

घोडाघोडी / १२ पुस

जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी कौवामा रहेको श्री कोमल हरियाली सामुदायिक वन उपभोक्ता समितीको नयाँ समिति चयन भएको छ।

यो भन्दा अगाडि भएको साधारण सभामा व्यापक अनियमितता भएको कुरा खुलेपछि उक्त बनको साधारण सभा बहिस्कार गरेका हुन साधारण सभामा आय व्याय प्रस्तुत गर्दै गर्दा एक लाख पचास हजार रुपैयाँको अनियमितता भएको खुलेको थियो।

अनियमितताका सबै हिसाब प्रस्ट भएपछि आज नयाँ समिति गठन भएको हो।

कोमल हरियाली बन उपभोक्ता समितीको १०८ औं बैठकले उनिहरुलाई सर्वसमिती सहित पारित गरेको हो

राजु अवस्थीको अध्यक्षतामा समिति गठन भएको हो उक्त समितिको अध्यक्ष राजु अवस्थी उपाध्यक्ष नव राज अवस्थी सचिव धर्म राज ढकाल रहेका छन।
नयाँ समितिले उक्त स्थानमा रहेको बनको केही फरक तरिकाले गर्ने विश्वास पनि लिएका छन वनमा भएका घाँस दाउराका विषयमा समेत आजको बैठकले निर्णय गरेको हो।

कोमल हरियाली सामुदायिक वनको वनमा बन हेरालु न हुँदा वनमा चोरी बढी हुने गरेको थियो नयाँ समितिका अध्यक्ष अवस्थीलाई हामीले यसलाई कसरी हेर्नु हुन्छ भन्दा हाम्रो समिति जंगल हेर्ने छौ र केही कदम चाल्ने छौ महिनाको अन्तिम दिन हामी बैठक समेत राख्ने उहाँले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित