महेश यादव / सरावल , १२ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका कृषि विकास शाखाकाे आयाेजनामा सरावल गाउँपालिका वडा नम्बर -५ धनगढवामा मकै खेती विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरावल गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रम बाेल्दै प्रमुख अतिथि चाैधरीले बसन्ते मकै खेति अभियान तर्फ हामी सबै लाग्नुपर्ने आवश्यक रहेको बताएका छन। मकै खेति विस्तार गरि आयआर्जन गर्न समेत बताए ।साथै उहाँले मकै खेति लाई सिचाइ गर्नका लागि विधुत जडान गर्न गाउँपालिकाले पहल गर्ने समेत बताउनुभएको थियो ।

साे अवसरमा बाेल्दै कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्तोष चाैधरीले कृषि ज्ञान केन्द्रले मकै खेति विस्तारका लागि निशुल्क विउविजन वितरण गर्ने बताउनुभएको थियो । कार्यक्रममा सरावल -४ का वडा अध्यक्ष सुरेश यादव , वडा नम्बर -६ का वडा अध्यक्ष छाेटेलाल गुप्त ,पत्रकार देशबन्धु यादव , लगाएतकाे अतिथिहरुले मन्तव्य समेत राखेका थिए । कार्यक्रम सञ्चालन सरावल कृषि विकास शाखा प्रमुख कुलदिप मिश्रले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

