काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाली नयाँवर्ष २०८० को छेकोमा नेपाल भ्रमण गर्ने भएका छन् । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् ।
यादवकै पहलमा नेपाल आएका बलिउड अभिनेता विवेक ओबराय १० दिन नेपाल घुमेर शनिबार स्वदेश फर्किसकेका छन् । ‘नेपाली नयाँवर्ष छेकोमा आउने निश्चित भएको छ । डेट कन्फर्म उहाँले नै गर्नुहुन्छ,’ यादवले भनिन् ।
‘हाम्रो उद्देश्य भारतीय सेलिब्रिटीलाई नेपालमा बोलाएर सकेसम्म नेपालको पर्यटन प्रवद्र्धन गर्ने हो,’ यादवले भनिन्, ‘नेपालमा पनि नयाँ सरकार बनेकाले सरकारसँग मिलेर काम गर्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ ।’
बलिउड अभिनेता अमिताभ बच्चन, गायक अरजित सिंहजस्ता बलिउड स्टारलाई पनि नेपाल ल्याउनेतर्फ पनि आफूहरुले योजना बनाइरहेको उनले जानकारी दिइन् । ‘यो सुरुवात मात्र हो,’ उनले भनिन् ।
ओबरायसँग बिजेनसमा सहकार्य हुन सक्छफिल्म निर्माणको तयारी समेत गरिरहेकी यादवले आफ्नो निम्तोमा नेपाल आएका बलिउड अभिनेता ओबरायले नेपालमा होटल र कृषि क्षेत्रमा लगानी इच्छा देखाएको बताएकी छन् ।
‘ओबरायले रुचि देखाएका क्षेत्रमा हामीले पनि लगानी गर्न खोजिरहेका छौं । हामीले उहाँसँगको नेपाल भ्रमणमा कुरा गरेका छौं,’ उनले भने ।शनिबार स्वदेश फर्कंदै ओबरायले नेपालमा आफूले स्टार्टअप, फेसन र युवा लक्षित क्षेत्रमा लगानी गर्न चाहिरहेको बताएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

