नवलपरासी , १४ मंसिर
नारायणघाटबाट बुटवल जाँदै हुनुहुन्छ ? अति आवश्यक काम परेको छैन भने नजानुस् । किनभने गैंडाकोटदेखि बुटवलसम्मको ११३ किलोमिटर बाटो हिँडिसाध्य छैन ।
सड़क पुरै कच्ची छ पानी परेको समय छ भने हिलो र खाल्डोमा भरिएको पानीले यात्रा मुस्किल पार्नेछ । पानी परेको छैन भने डुङडुङ्ती उड़ने धुलोको मुस्लोले बाटो नै देखिदैन । यात्रा असाध्यै कष्टकर हुनेछ ।
गैंडाकोटदेखि बर्दघाटसम्मको ७४ किलोमिटर सडकमा मुस्किलले १० किलोमिटर जति पनि कालोपत्रे सडक भेटिंदैन । सबै भत्किएको वा भत्काइएको छ । बरु बीच सडकमा माटो थुपारेको भेटिन्छ ।
सडकका दुवै किनारातिर सडक विस्तारका लागि भन्दै अलि होचो कच्ची सडक बनाएर छाडिएको छ, जसको कारण दुर्घटना बढी हुने खतरा छ । सडक छेउछाउका रुखबिरुवा धुलाम्मे छन् । बस्तीहरू धुलोको मुस्लोमुनि नदेखिने गरी हराएका छन् ।
एसियाली विकास बैङ्कबाट ऋण लिएर ४ लेनको चिल्लो सडक बनाउने सपना देखाउँदै सो सडकमा ३ वर्षअघिदेखि धुलो उडाउन थालिएको हो ।
सुरुमा भनिए जसरी काम भएको भए अहिलेसम्म गैंडाकोटदेखि बुटबलसम्म ४ लेनको चिल्लो सडक बनिसकेको हुन्थ्यो । तर बनाइसक्ने भनिएको समय सकिंदा पनि सो सडक खण्डको १८ प्रतिशत मात्रै काम सकिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

