राम्रो देखिनु तपाईंको हातको कुरा हो, आफूलाई राम्रो देखाउन तपाईंको हातको कुरा हो । नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीव-प्राणी अथवा वस्तु प्रति मनैदेखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो । दिमाग भित्र हुने रसायन प्रतिक्रियासंग मायाको सम्बन्ध हुन्छ; त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइल–इथायल–अमाइन (Phenylethylamine) भनिन्छ । कुनै पनि मान्छेलाई आफूतर्फ आकर्षित गर्ने काम निक्कै जटिल काम हो । यहाँ कुनै पनि मन परेको मान्छेलाई ७ स्टेपमा आफ्नो बनाउने सुत्र ७ स्टेपको चर्चा गरिएको छ । दिमाग भित्र हुने रसायन प्रतिक्रियासंग मायाको सम्बन्ध हुन्छ; त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ; जसलाई फिनाइल–इथायल–अमाइन (Phenylethylamine) भनिन्छ । कुनै पनि मान्छेलाई आफूतर्फ आकर्षित गर्ने काम निक्कै जटिल काम हो । १. आँखामा हेर्नुस् कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आँखामा आँखा राखेर कुरा गर्नुस् । यसले सम्बन्ध स्थापित गर्न ठूलो भूमिका खेल्छ । यसबाट तपाइँको ब्यक्तित्व देखिन्छ । २. आफूलाई चिनाउनुस् कुनै पनि ब्यक्तिसँग पहिलो पटक भेट्दा आफूलाई चिनाउनका लागि केही कुरा गर्नुस् । कमसेकम पहिलो भेटमा तपाइँ उनीप्रति कति चासो राख्नु हुन्छ वा कति विशेष मान्नु हुन्छ भन्ने कुरा बुझाउनुस् । ३. अनलाइन कनेक्सन पछिल्लो समयमा सम्बन्ध स्थापित गर्नका लागि समय नभएपनि विभिन्न माध्यमबाट सम्बन्धमा रहन सकिन्छ । फेसबुक, ट्विटर, वाट्सऐप जस्ता माध्यमबाट पनि सम्बन्धमा रहन सकिन्छ जसले सम्बन्धलाई गाढा बनाउन मद्दत गर्छ । ४. उसलाई मनपर्ने कुरा थाहा पाउनुस् कुनै पनि ब्यक्तिलाई आकर्षित गर्नका लागि सबै भन्दा प्रभावकारी उपाय हो एक अर्काको इच्छा र चाहानाबारे जानकारी राख्नु हो । एक अर्कालाई मन पर्ने कुरा थाहा पउन सके र ख्याल गर्न सके सम्बन्ध सहजै गाढा हुन्छ । ५. निमन्त्रणा दिनुस् कुनै पनि मान्छेसँग नजिक हुनु छ भने त्यस्तो ब्यक्तिसँग समय विताउनु पर्छ । ब्यस्तताकाबीच पनि समय निकालेर केही समय विताउँदा सम्बन्ध आफै गाढा हुन्छ । एक अर्कालाई बोलाउनु भेटघाट गर्नु सम्बन्ध विस्तार गर्ने प्रभावकारी तर पहिलो चरण हो । ६. आफ्नो बारेमा जान्ने मौका दिनुस् यदि तपाइँले चाहेको मान्छेकोबारेमा सबैजसो जानकारी पाइ सक्नु भएको छ र आकर्षित गर्ने चरणमा पुग्नु भएको छ भने आफ्नोबारेमा पनि थाहा पाउने मौका दिनुस् । उसलाई पनि तपाइँको बारेमा खोजि गर्ने मौका दिनुस् । कहिले काँहि आफूले कल नगरेर उताबाट कल आउन दिनुस् । ७. अन्त्यमा डेटिङ अव एक अर्कासँग अन्तरंग गफ हुन्छ र सबै कुरा शेयर हुन थालेको छ भने अवको स्टेप हो डेटिङ । यदि उताबाट प्रस्ताव आयो भने पनि सामान्यरुपमा लिनुस् आफूले प्रस्ताव राख्न पनि नहिच्किचाउनुस् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।