Rashtriya Dainik

रमेश रिजाललाई धोबिनी गा.पा उपाध्यक्षले चाँदीको मुकुटबाट सम्मान गरे

पर्सा ११ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका प्रतिनिधि तथा सदस्यलाई रमेश रिजाललाई चाँदीको मुकुट फुल माला लगाएर सम्मानित गरिएको छ ।
पर्सा क्षेत्र नं ४ बाटप्रतिनिधि सभामा निर्वाचित भएका माननीय रमेश रिजाललाई एक समारोह बिच हरिहरपुर गाउँमा धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जू देबी पटेलले चाँदीको मुकुट लगाएर सम्मानित गरेका हुन् ।
निर्वाचित पश्चात मतदातालाई धन्यवाद दिन पुगेका नेतालाई धोबिनी गाँउपालिका वडा ३ हरिहरपुरमा स्थानीयले फुल माला र खादा लगाएर स्वागत गरेको नेपाली काँग्रेसका निर्वाचन प्रतिनिधि श्याम किसोर पटेलले जनाएका छन।
मङ्सिर ४ मा भएको निर्वाचनमा गठबनबाट पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य रमेश रिजालले अाज पर्साको बिभिन स्थानमा सम्मानित स्वागत गरिएको हो। कार्यक्रममा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली काँग्रेसका युवा नेता नबिण सिंह,क्षेत्रिय सचिव बलिस्ट अहम्द,वडा अध्यक्ष राजकिसोर पटेल, बासदेव तिवारी लगायत नेता कार्यकर्ताहरुको बिजय जुलुसमा सहभागिता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित