Rashtriya Dainik

पश्चिम नवलपरासीको बर्दघाटमा एक दिवसिय निशुल्क आखाँ शिविर

पश्चिम नवलपरासीको बर्दघाटमा एक दिवसिय निशुल्क आखाँ शिविर आइतबार सम्पन्न भएको छ ।
साना किसान कृषी सहकारी सस्था लिमिटेड माकर बर्दघाट ४ को २५ औँ बार्षिक स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारि आयोजना गरेको शिबिर मा स्टार चस्मा पसल तथा आखाँ उपचार केन्द्र बर्दघाटको प्राविधिक सहयोगमा उक्त शिविर सन्चालन भयेको हो ।
सस्थाका कार्यवाहक अध्यक्ष मन्जु रायमाझिको अध्यक्षता तथा सस्थाका अध्यक्ष एवं बर्दघाट वडा नम्बर १ का वडाध्यक्ष सदिंप सापकोटाको प्रमुख आतिथ्यतमा सम्पन्न शिविरमा बोल्दै प्रमुख अतिथि सापकोटाले मानिसको सवेंदनशिल अंग मध्य आखा मुख्य अंग भएको हुदा यस लाई मध्यनजर गर्दै सस्थाले शिविर आयोजना गर्नु सकारात्मक रहेको बताउदै स्थानिय सरकार नागरिकका स्वास्थ्यका लागी सचेत रहेको हुदा सबै संघ सस्था संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
सो अवसरमा विशिष्ट अतिथि सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार सिद्धिविलास हमालले यस सस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालन गर्दै आएकोमा रजत जयन्तिको अवसर पारेर यस प्रकारको शिविर सञ्चालन गर्नु सर्हानिय रहेको र आगामी दिनमा समेत प्रत्यक्ष जिवन संग जोडिएका स्वास्थ्यसम्बन्धी कार्यक्रममहरु ल्याउनुपर्ने कुरामाथि जोड दिनभयो ।
सस्थाले आफ्नो २५ औँ बार्षिक स्थापना दिवस तथा रजत जयन्तीको अवसर पारि आयोजना गरेको सो शिविरमा सस्थाका शेयर सदस्य लगाएत अन्य गरि महिला १ सय ७७ जना र पुरुष ६६ जना गरि २ सय २३ जनाको स्टार चस्मा पसल तथा आखा उपचार केन्द्रका सञ्चालक वरिष्ठ नेत्र अधिकृत शुरेस रायमाझिको टिमद्धारा आखा परिक्षण गरिएको छ । शिविरमा शाखा चेकजाचं गराएका मध्य २७ जनामा मोतियाविन्दु फेला परेको र ३ जनाको आखामा चोट देखापरेको तथा अन्यको दृष्टी समान्य रहेको नेत्र अधिकृत रायमाझिले जानकारी दिनुभयो । शिविरमा आखा सम्बन्धी रोग फेला परेका आखा रोगीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
सस्थाका लेखा समिती सदस्य मनिशरा मस्राङिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका लेखा सहायक सुजन भुसालले गर्नुभएको थियो ।
२०५५ सालमा स्थापना भएको यस सस्थामा २ हजार ४ सय ९६ जना शेयर सदस्य रहेको र साविकको माकर गाविस भित्रका नौ वटै वडा र प्रतापपुर गाउपालिकाको वडा नम्बर १ र २ कार्यक्षेत्र रहेको सस्थाको यही मशिंर १५ र १६ गते २५ औँ बार्षिक साधारण सभा तथा रजत जयन्ती मनाइदैछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित