Rashtriya Dainik

सुस्तामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

राष्ट्रिय दैनिक / नवलपरासी , ११ मंसिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरू गरिएको छ।

गाउँपालिकाले सभ्य समाजको पहिचान : लैंगिक हिंसा विरुद्धको अभियान मुल नारा सहित म लैंगिक हिंसा गर्ने छैन , गराउने छैन र यसको प्रतिकार गर्नेछु लेखिएको ब्यानरमा हस्तान्तरण गरि अभियानको सुरुवात गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष टेक नरायण उपाध्यायले महिला र पुरुषविचको विभेद अन्त्य गरेर हिंसा रहित सभ्य समाजको निर्माण गर्न गाउँपालिका लागि परेको बताए।

‘अहिले महिलामात्र होईन, पुरुष पनि हिंसामा पर्ने गरेका छन्’ उनी भन्छन्, ‘१६ दिने अभियानको उद्देश्य पुरा गर्नको लागि सबै आआफ्नो ठाँउबाट एकजुट भएर लाग्नुपर्ने समय आएको छ।’

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष गिता चाैधरीले महिलाहरु स्वभावैले सहनशील र घरयासी क्रियाकलापमा बढी केन्द्रीत हुने गरेका कारण हिंसाको अन्त्य गर्न कठिनाइ भएको बताईन्।

त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले महिला, बालबालिकाहरुको मानवअधिकारको रक्षाका निम्ति हिंसा विरुद्धको अभियानले सार्थकता पाउँदै गएको बताए।

कार्यक्रममा सहभागीहरुले महिला तथा बालबालिकाविरुद्धको हिंसा नगर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित