Rashtriya Dainik

भोलि सार्वजनिक बिदा

जनकपुरधाम : मधेस प्रदेश सरकारले सीताराम विवाह पञ्चमीको अवसरमा मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सव अन्तर्गत आज माता सिताको मटकोर विधिको तयारी गरिदैँछ । आज ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।

भोलि जानकी मन्दिर परिसरमा सीता(राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल(भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित