राष्ट्रिय दैनिक / नवलपरासी , ११ मंसिर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ मा महिला हिंसा विरुद्धको १६ दिने अभियान तथा ३१ अाैं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा अभिमुखिकरण सम्पन्न भएको छ। 
युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशीकरण विकास परियोजना अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे।

प्रतापपुर गाउँपालिका वडा नम्बर ९ स्तरीय अपाङ्ग समावेशी विकास समितिकाे अध्यक्ष चेत बहादुर चाैधरीकाे अध्यक्ष तथा वडा नम्बर ९ वडा अध्यक्ष जय किसुन चाैधरीकाे प्रमुख अातिथणयतामा भएको कार्यक्रममा अपांगता भएका ब्यक्ति , स्वयंसेवीका , शिक्षक लगाएत ३५ जनाको सहभागीता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रमकाे सहजिकरण परियोजना संयाेजक श्याम सुन्दर ढुङ्गाना तथा पुनरस्थापना संयाेजक राधा तिमिल्सिनाले अपांगताकाे परिचय , प्रकार , अपांगता किन हुन्छन् , पाउने सेवा सुविधा ,कार्ड , मर्यादित शब्द लगाएतकाे विषयमा सहजिकरण गर्नुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

