Rashtriya Dainik

देबेन्द्र राज कण्डेलले ध्रुव बहादुर प्रधानलाई दिएको बधाईको चर्चा

नवलपरासी ,११ मंसिर
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव बहादुर प्रधानले नेपाली काङ्ग्रेसका उम्मेदवार देबेन्द्रराज कण्डेललाई हराउनुभयो । चुनावको नतिजा सार्वजनिक भएसँगै मतगणना स्थलमा देबेन्द्रराज कण्डेलले बधाई दिन पुग्नुभयो । चउरमा उभिएका प्रधानलाई बधाई दिन पुग्नुभएका कण्डेलले फूलमाला र टिका लगाउदै सफल कार्यकालकाे शुभकामना दिनुभयो । उहाँले हँसिलो अनुहारमा भन्नुभयो, यहाँलाई बधाई छ ।

त्यसपछि कण्डेलले हात मिलाए अँगालो मार्दै सफलताको शुभकामना ब्यक्त गर्नुभएको हाे। साथै निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य द्वय बैजनाथ जैसवाल र खडक बस्नेतलाई समेत फुल र अबिर लगाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिनाेद चाैधरी र प्रदेशसभा सदस्य द्वय देवकरण कलवार सन्तु र विश्वप्रेम पाठकलाई फुलमाला र अबिर लगाउदै सफल कार्यकालकाे शुभकामना दिदै दिनभरि विजय जसलुसमा संगसंगै घुम्नुभयाे ।

यो दृश्यले धेरै जना खुसी भए, कतिपय भावुक पनि देखिन्थे ।

कण्डेलकाे यश कार्यलाई राजनीतिक संस्कार यहि हाे , हारजित स्बिकार्नु पर्छ भन्दै धेरैले तारिफ पनि गरेका छन् ।
साथै कण्डेलले दिएको बधाई तथा शुभकामना निकै प्रशंसनीय भएको भन्दै चाेक चाैरहामा निकै चर्चा भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित