राष्ट्रिय दैनिक / नवलपरासी , ९ मंसिर
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कंडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।
यस्तै नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

