Rashtriya Dainik

नवलपरासी २ क मा स्वतन्त्र उम्मेदवार खडक बस्नेत बिजयी

नवलपरासी , ७ मंसिर
पश्चिम नवलपरासी क्षेत्र नं २ क प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार आशीष प्रधानलाई पछि पार्दै बस्नेत विजयी भएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका हुन । तस्तै उनका निकट प्रतिस्पर्धि राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत ल्याएका थीए । बस्नेत ७१ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

खड्ग बस्नेत माओवादी केन्द्र परित्याग गरि धारा चुनाव चिन्ह लिएर चुनाव लडेका थीए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित