Rashtriya Dainik

सुस्तामा युवाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

उमेश बि.क / नवलपरासी , ६ मंसिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।

पालिकाले नायव सुव्वा र खरिदार पदको तयारीका लागि निःशुल्क कक्षा संचालन गरेको हो ।

नायवसुब्वा र खरिदारको निःशुल्क तयारी कक्षाको मंगलबार पालिकाका अध्यक्ष टेक नरायण उपाध्यायले उद्घाटन गरेको हुन् ।

युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको अध्यक्ष उपाध्यायले बताएका छन् ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने उनको भनाइ थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै पालिकाले युवाका लागि नायव सुव्वा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरिरहेको बताउनु भएको छ ।

गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ युवाहरु खुसी भएको छन् । तयारी कक्षामा पुरुषको भन्दा महिलाको बढी संख्या बढी रहेको छ ।

पालिकाले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको भन्दै स्थानीयले प्रशंसा ब्यक्त गरेका छन ।

यहाँका युवाहरुले लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ ,बुटवल , भैरहवा , चितवन लगाएतकाे ठाउँमा जानु पर्ने बाध्यता अन्त्य भएको पालिका उपाध्यक्ष गिता चाैधरीले बताउनु भएको हाे ।

राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै उपाध्यक्ष चाैधरीले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउनु पर्ने बुझाइ भएकाले यो कार्यक्रम उपयोगि भएको बताएकी छिन् ।

पालिकाले लोक सेवा तयारी कक्षा सञ्चान गर्नु हाम्रो लागि सुनौलो अवसर भएको एक परिक्षार्थीले प्रतिक्रिया दिए । पढेलेखेको भए पनि समय र परिस्थितिले गर्दा टाढा पढ्न जान नपाएका हामी जस्ताका लागि यो कार्यक्रमले आफ्नो सिकाइमा ठूलो टेवा पुग्ने उनको सहभागीहरुकाे भनाइ रहेको छ।

तयारी कक्षामा गाउँपालिकाका विभिन्न वडाका लोकसेवा तयारी कक्षामा १७३ जना युवाहरुको सहभागिता रहेको छ । सहभागी परीक्षार्थीहरुलाई रामु रेग्मी , बिजय अधिकारी , सुनिल लामिछाने तथा विभिन्न अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइने प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिइएका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित