Rashtriya Dainik

रुपन्देही ३ मा खांणको अग्रता

बुटवल,६ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खांणले अग्रता कायमै राखेका छन् । मायादेवी गाउपालिका ७ र ८ नम्बर वडाको ७ वटै बुथमा खसेको ४५३० मत गणना हुंदा खांणले १९४१ मत सहित अग्रता लिएका हुन् । एमाले र जसपाको समर्थन रहेका राप्रपाका दीपक बोहराले
१४३६ मत सहित खांणलाई पछ्याइरहेका छन् । जनमत पार्टीका उम्मेदवारले २७८ मत पाएका छन् । यहां ३६१ मत बदर भएको छ ।

यस्तै प्रदेश सभा (१) मा मायादेवीको ७ र ८ नम्बर वडाको ४५०२ मत गणना हुंदा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले १८२४ मत सहित अग्रता लिएका छन् । जनता समाजवादी पार्टीका महेन्द्र यादवले १२६८ मतसहित पछ्याइरहेका छन् । जनमत पार्टीका उम्मेदवारले ३९१ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले २८४ मत पाएका छन् ।
२५८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित